|

काठमाडौं : राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणमा निवर्तमान सञ्चार तथा प्रविधीमन्त्री गोकुल बाँस्कोटालाई बलिको बोकोमात्रै बनाइएको र यो प्रकरणको नेपथ्यमा शक्तिशालीहरू रहेको दाबी गरेका छन्‌।

अहिले बसिरहेको राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै पाण्डेले ७० करोड काण्ड एक्लो गोकुल बास्कोटाले नगरेको र यसको नेपथ्यमा प्रधानमन्त्री र उनीजत्तिकै शक्तिशाली मानिसहरु छन्‌ भन्ने कुरा भइरहेको बताएका हुन्। 

गोकुल बास्कोटलाई बलिको बोको बनाएर शक्तिशालीहरूले उन्मुक्ति चाहेको भन्दै सांसद पाण्डेले सरकार काण्डै काण्डमा फसेको उल्लेख गरे। गोकुलकाण्ड छोप्न प्रधानमनत्रीको केककाण्ड, त्यसलाई पनि छोप्न अहिले संविधान संशोधन काण्ड ल्याएको भन्दै पाण्डेले भने, 'सरकार र सरकारमा बस्ने मानिसहरु शक्ति उन्मानदले कति निर्लज्ज हुँदारहेछन् भन्ने पुष्टि भयो।'

मुखै बैरी भएपछि सरकारको भावना जेष्टा र चाहना के होला भन्ने पुष्टि भएको भन्दै उनले भ्रष्टाचारका चरणबद्ध घटनाहरूलाई यत्तिकै रोक्न नपाइने बताए।

राष्ट्रियसभाको बैठक अहिले बसिरहेको छ। १ बजेदेखि शुरु भएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन–२०७६ पेश हुँदैछ भने गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधेयक र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.