|

काठमाडौं : राष्ट्रिय सभाका सांसद रामप्रित पासवानले सरकारको क्रियाकलापका कारण सदनमा ताली बजाउन नपाएको बताएका छन्। 

अहिले बसिरहेको राष्ट्रियसभा बैठकमा बोल्दै समाजवादी पार्टीका तर्फबाट सांसद रहेका पासवानले यो अन्तरालमा समयसमयमा प्रहसन र लिलाहरु देख्ने अवसर पाएको र गोकुलमा कृष्णलीला तथा विष्णुलीला पनि देखिएको बताए।

उनले भने, 'यो दुई बर्षको अन्तरालमा यहाँ सांसद हुनु भनेको देश बनाउँछु, जनताको हितमा काम गर्छु या अधिकारका लागि काम गर्छु भन्ने सपना जस्तो मात्रै हुने रहेछ। यहाँ ताली बजाउने काम मात्रै रहेछ, सरकारका क्रियाकलापका कारण कामका कारण तालि बजाउने अधिकारबाट पनि बञ्चित भएँ।' 

आफूले पहिले वामन अवतारको कुरा सुनेको, तर अहिले प्रधानमन्त्रीको ब्राह्मण अवतार नै देखिएको भन्दै सांसद बनेपछि उत्पीडित र सिमान्तकृतहरुलाई अधिकार सम्पन्न बनाएरै छाड्ने सोच सपनामै सीमित भएको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.