|

काठमाडौं : नेकपा (माले) का महासचिव सिपी मैनाली चढेको जिप दुर्घटना भएको छ। महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पुलमा उनी सवार जिप दुर्घटनामा परेको हो। मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

जिप दुर्घटनाबा उनका छोरा, बुहारी, नाति र चालकसमेत गरी पाँचजना घाइते भएका छन्। उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार सडक दुर्घटनामा परेका मैनालीको अवस्था खतरामुक्त छ। एउटा खुट्टा भाँचिएको छ भने टाउकोमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्था भएको र खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.