|

दमक : प्रदश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सडक सुशासन कायम गराउन प्रदेश-१ देश भरिमै अगाडि रहेको दाबी गरेका छन्।

झापाको दमक-६ स्थित दमक बसपार्कभित्र निर्माण गरिएको दमक बसपार्क एकीकृत काउण्टरको उद्घाटनका क्रममा उनले प्रदेश सरकार यातायात तथा ट्राफिक व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर अघि बढेको धारणा राखे। उनले सडक सुशासनका निम्ति आवश्यक ऐन कानुनहरु निर्माणलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे।

मन्त्री कार्कीले  प्रदेश १ अन्तर्गत दमकको ताराबारी, इलाम र झापाको सिमाना किटेनीलगायतका ठाउँहरुमा यातायात चालकका लागि रिफ्रेसमेन्ट सेन्टर स्थापना गरिएको बताउँदै प्रदेश सरकारले ल्याएको सडक सुशासनको नीतिको संघीय सरकारले समेत अनुसरण गरेको बताए।

बसपार्क परिसरमा निर्माण गरिएको आधुनिक टर्मिनल भवनभित्र बसपार्क काउण्टरको प्रदश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले उद्घाटन गरेका हुन्।

दमक नगरपालिका यातायात तथा ट्राफिक व्यवस्थापन समितिले गरेको कार्यक्रममा नेकपा नेता एवं संविधानसभा सदस्य दीपक कार्कीले मुलुकमा स्थिर सरकारको आवश्यकता महसुस भएर नै जनताले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने म्याण्डेड दिएको बताए। नेकपाभित्रको आन्तरिक कारण नै सरकारलाई अस्थिर बनाउने खेल सुरु हुनु दुःखद् भएको उनको भनाई थियो।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, दमक ६ का वडाध्यक्ष टेक बहादुर थापा, यातायात व्यवसायी हुकुमसिंह नेपाली लगायतले पनि बोलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.