|

जापानी प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशका सम्पूर्ण विद्यालय बन्द गर्न आग्रह गरेका छन्। जापानमा कोरोना भाइरसका संक्रमित बढेपछि यस्तो निर्णय गरिएको हो। 

'देशभरका सबै प्राथमिक, कनिष्ठ र वरिष्ठ हाइस्कुलहरू बन्द हुनेछ,' एक सरकारी टास्क फोर्सको बैठकमा उनले भने। सामान्यतया जापानी विद्यालयको बिदा मार्चदेखि सुरू हुन्छ र अप्रिलदेखि नयाँ शैक्षिक सत्रको सुरु हुने चलन रहेको छ। कोरोना भाइरसको कारण सो समयअगावै स्कुल बिदा दिएको हो। 

सम्पूर्ण विद्यालय बन्द भएपछि आगामी दुई हप्ताको लागि सबै खेलकुद र सांस्कृतिक कार्यक्रम पनि रद्द गरिएका छन्। होक्काइडोको उत्तरी टापुमा १३ जना नयाँ संक्रमणका बिरामी देखिएका छन्। जापानी नागरिकले आफ्नो ख्याल राख्नुपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि चौतर्फी विरोध भएको थियो। यसले जापानको आर्थिक अवस्थामा असर गर्ने आकलन गरिएको छ। टोकियोमा हुने २०२० को ओलम्पिक खेल अन्यौलमा पर्ने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.