थप परिक्षणका लागि अझै क्वारण्टाइन मैं राखिने

|

काठमाडौं : कोरोना भाइरसको उच्च संक्रमण रहेको चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपालीले १४ औँ दिनमा पनि घर जान नपाउने भएका छन्। 

चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको आज १२औं दिन हो। पूर्वनिधारित कार्यक्रम अनुसार विद्यार्थीहरुलाई क्‍वारेन्टाइनबाट निकाल्न अब २ दिन बाँकी छ। सामान्यतया दुई सातामा बाहिर जान पाउने भनिए पनि परिक्षणहरु बाँकी रहेकोले जान नपाउने भएका हुन् । यद्यपि अहिले सम्मको रिपोर्टमा कुनै संक्रमण भएको संकेत देखिएको छैन ।

तर उनीहरु १४ औं दिनमै घर जान पाउने देखिएको छैन। दोस्रो चरणको जाँचको रिपोर्ट नआएसम्म उनीहरू घर जान नपाउने भएका हुन्।

चीनबाट उद्धार गरी क्‍वारेन्टाइन राखिएका १७५ जनाको दोस्रो पटकको परिक्षण १४ औं दिन अर्थात आगामी शनिबार हुँदैछ। गत फागुन ४ गते उनीहरुलाई कोरोना प्रभावित चीनको वुहानबाट नेपाल ल्याइएको थियो। ल्याएकै दिन बिहान सबै जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको थियो।

पहिलो परिक्षणमा भाइरस नभेटिए पनि कोरोना भाइरसको लक्षण देखिन सुई सातासम्म लाग्ने हुँदा उनीहरूको दोस्रो चरणको परीक्षण गरिन लागेको हो। दोस्रो चरणको परिक्षण नेगेटिभ आएपछि माैत्र उनीहरु घर जान पाउने छन्।

हालसम्म क्‍वारेन्टाइनमा रहेका सबै नेपाली र नगरकोटका विद्यार्थी लिन गएका विमान चालक दलमा सदस्यहरुमा कोरोना भाइरस नेगेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संकटकालिन स्वास्थ्य उपचार एकाइका प्रमुख तथा मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार अब १४ दिनको दिन क्वारेन्टाइनमा रहेका नगरकोटमा रहेका चालक दलका सदस्य र भक्तपुर स्थित खरिपाटीमा रहेका नेपालीको कोरोना परीक्षण हुनेछ। त्यसको रिपोर्ट आउन केही दिन लाने भएकाले उनीहरुले १४ दिन भन्दा बढी  क्‍वारेन्टाइनमा बस्नु पर्ने बताए।

‘खुशीको कुरा अहिलेसम्म कसैमा स्वास्थ्यमा समस्या आएको छैन। दैनिक स्वास्थ्यकर्मीले ज्वरो नापिरहेका छन, तर हालसम्म कसैमा पनि ज्वरोको लक्षण देखिएको छैन', उनले भने, 'अब १४ औं दिन अर्थात् आगामी शनिबार दोस्रो चरणको जाँचका लागि घाँटीको स्वाबको नमूना संकलन हुने छ। यसको रिपोर्ट आउन केही दिन लाग्छ, त्यसैले उहाँहरु रोकिनुहुनेछ।'

संकलन गरिएको नमूना परीक्षणको रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्ने हुँदा उनीहरू १६ वा १७ औं दिनमा मात्र घर जान सक्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.