|
फाइल तस्बिर

काठमाडौं : वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोग प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

ठगी आरोपमा रुपन्देही दूधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामको लागि आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी श्रीषले तीनजनासँग नगद ३८ लाख ५० हजार रुपैयाँ असुलेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन भएको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजुबाट पक्राउ गरेको हो।

श्रीषलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.