|

पर्सा : धान कुट्ने मिलको  फित्तामा साडी बेरिँदा पर्सामा एक महिलाको मृत्यु भएको छ। जिल्लाको धोबिनी गाउँपालिका-३ हरिहरपुरमा रहेको आफ्नै घरको धान कुट्ने मिलको पट्टामा साडी बेरिएर महिलाको मृत्यु भएको हो।

मृत्यु हुने महिला स्थानीय रामनारायण ठाकुरकी ४२ वर्षीया श्रीमती ललिता देवी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। धान कुटाउने सेलर मिलको फित्ता रहने फलामको सापटमा साडीको फेर बेरिएर ललिताको घटनास्थलमा नै मृत्यु भएको पर्साको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए।

घटनापछि इलाका प्रहरी कार्यालय पोखरियाबाट गएको प्रहरीले घटनाको मुचुल्का बनाई शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको उनको भनाइ छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रहरी नायव उपरिक्षक शाहीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.