|

काठमाडौं : नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा तीनजना नायव प्रहरी महानिरीक्षकलाई बढुवा गर्न महानिरीक्षक ठाकुर ज्ञवालीले सिफारिस गरेका छन्।

ज्ञवालीका प्रतिस्पर्धी रहेका तारणी लम्सालसहित शैलेश थापा र हाल विषेश व्यूरोमा कार्यरत हरिबहादुर पाललाई सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४)को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो।

ज्ञवालीको सिफारिस सरकारले स्वीकार गरेमा यसअघि चर्चामा रहेका महानिरीक्षकका भावि उम्मेदवार नायव प्रहरी महानिरीक्षक विश्वराज पोखरेललाई अफ्ट्यारो पर्ने देखिएको छ। यो सिफारिस कार्यान्वयन भएमा असारपछि शैलेश थापा प्रहरी महानिरीक्षक हुने पक्का भएको छ भने त्यसपछि पोखरेल छोटो अवधिका लागि मात्र महानिरीक्षक बन्‍ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.