|

धनकुटा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा जनप्रतिनिधीविरुद्ध उजुरी धेरै परेका छन्। इटहरी कार्यालयमा गत आर्थिक वर्षमा ५० उजुरी परेकामा संघीय मामिला तथा स्थानीय प्रशासन र स्थानीय तहविरुद्ध २५ वटा उजुरी परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा धनकुटामा बिहीबार आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन कार्यक्रममा उजुरी र फर्स्योटको विवरण सार्वजनिक गरेको हो। कार्यालयको तथ्यांकअनुसार सो २५ उजुरीका ११ उजुरी फर्स्योट भएका छन्।

त्यस्तै, अन्य विभिन्न मन्त्रालयअन्तर्गत धनकुटाबाट २५ उजुरी परेका मध्ये ११ उजुरी फर्स्योट भई बाँकी १४ उजुरी यो वर्षका लागि सरि आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालय प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए।

त्यस्तै, गत आर्थिक वर्षमा देशभर अख्तियारमा २४ हजार ८५ उजुरी परेकोमा १५ हजार ५ सय २७ उजुरी फर्स्योट अख्तियारले जनाएको छ। यस्तै, देशभर घुस १४७, शैक्षिक योग्यता नक्कलीमा ८८, सार्वजनिक सम्पति हानीमा ३९, गैरकानुनी सम्पतिमा १२, गैरकानुनी लाभहानीमा ३३, राजस्व हिनामिनामा १० र अन्य विभिन्नमा २२ गरि ३ सय ५१ वटा मुद्दामा ८९४ विरुद्ध ४ अर्व ५ करोड ३७ लाख ६३ हजार ८८८ रुपैयाँ ६४ पैसा विगो दाबी गरि मुद्दा चलाइएको अख्तियारले जनाएको छ।

कार्यक्रमका सहभागिले बेनामे उजुरीले कर्मचारीलाई दुःख दिएको भन्दै त्यस विषयमा सोच्न आग्रह गरेका थिए। आफूभित्र स्वच्छ नीति के छ बुझेरमा बेनामे उजुरी दिनुपर्ने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले बताए। विशिष्ट व्यक्तिले गति छाडेकाले गतिलो कानुन बनाएर सुशासन युक्त बनाउनुपर्ने धनकुटा नगरपालिकाकी उप प्रमुख शकुन्तला बस्नेतले बताइन्।

देशमा कानुन बनाएर भ्रष्टचार भइरहेको र धनकुटामा पनि धेरै उजुरी आउने गरेको बताउँदै धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले आफ्नो आसनलाई ध्यानमा राखेर काम गर्न र आचरण सबैले सुधार्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.