समाज

हात्तीको बथानले एकैरातमा ९ बिघाको गहुँ बालीमा क्षति

फागुन १५, २०७६

    कञ्चपुर : जंगली हात्तीको बथानले एकैरातमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ मा नौ विघा बढी जग्गामा लगाएको गहुँबालीमा क्षति पुर्‍याएको छ। गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खजुवा, गर्जमुनिलगायतको बस्तीमा छिरेका हात्तीको बथानले गहुँबालीमा क्षति गरेको हो।

    स्थानिय बासिन्दा देवराज जोशीले हात्तीको बथानले बाला लागेको गहुँबाली खाएर र खुट्टाले कुल्चेर नोक्सान पुर्‍याएको बताए। 'धेरै किसानको पूरै गहुँबालीमा क्षति गरेको छ,' उनले भने, 'खेतको गहुँ पूरै नष्ट भएपछि परिवारका लागि बाह्य क्षेत्रबाट गहुँ खरिद गर्नुपर्ने अवस्था आएको छ।'

    हात्तीले गहुँबाली क्षति पुर्‍याएको किसानको खेतमा बिहीबार अनुगमन गर्दै नगर प्रमुख दिलबहादुर ऐरले तीन दर्जन बढी किसानको आठदेखि नौ विघा जग्गमा लगाइएको गहुँबालीमा हात्तीको बथानले क्षति पुर्‍याएको बताए।

    किसानको गहुँबालीसँगै तोरी, केरालगायतमा बालीमा पनि क्षति गरेको पाइएको छ। उनले हात्ती नियन्त्रणका लागि नगरपालिकाको एक्लो प्रयासले नसकिने भएकाले संघीय सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनले बताए। 

    'विसं २०७४ सालदेखि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्न बाली खाएर नोक्सानी गर्दै आएको छ' उनले भने, 'तीन वर्षको अवधिमा नौ सय ५० परिवारले हात्तीकै कारण क्षति व्यहोरेका छन।' हात्तीका कारण नगरपालिका-१, २, ३, ४, ५, ६, ७, ८ र १२ वडाका बासिन्दा प्रभावित हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]