|

सिरियाले गरेको हवाई हमलामा टर्कीका २९ जना सैनिकको मृत्यु भएको छ। उत्तर पश्चिम सिरियास्थित इदलिबमा आफ्नो भूमी कब्जा गरेर बसेका टर्कीका सैनिकमाथि सिरियाली हवाई सेनाले आकाशबाट बम बर्साएको हो। 

टर्कीको हायात प्रान्तका गभर्नर रहमी डोगनले पछिल्लो हवाई हमलाका कारण इदलिबमा कैयौं मानिसहरु घाइते भएको बताएका छन्। बेलायतस्थित 'सीरियन अब्जर्भेटरी फर ह्युमन राइट्स' का अनुसार बिहीबार बेलुकी गरिएको हवाई हमलामा परी टर्कीका ३४ सैनिकको ज्यान गएको छ।

सिरियाले आफ्ना सैनिकहरुको हताहति हुनेगरी हवाई हमला गरेपछि टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोनानले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन्, जहाँ सिरियाली हवाई हमलाको जवाफ दिने निर्णय भएको छ। 

इदलिब अहिले विद्रोहीहरुको बब्जामा छ। रुसको समर्थनप्राप्त सिरियाली सेनाले सो क्षेत्रलाई विद्रोहीहरुको कब्जाबाट मुक्त पार्न चाहिरहेको छ। तर विद्रोहीहरुलाई भने टर्कीका सेनाले सर्मथन गरिरहेको छ। 

टर्कीका राष्ट्रपति रेचेपले सिरियाली सेनालाई आफ्ना सेना रहेको भूभागभन्दा पर रहन, अन्यथा सिरियाली सेना अघि बढेको अवस्थामा उचित कदम उठाउने चेतावनी दिइरहेका छन्। 

सिरियाली सेना र रुसले सन् २०१८ मा भएको युद्धविराम कार्यान्वयन गर्न अस्वीकार गरिरहेका छन्। 'सीजफायर लाइन'भन्दा पछि हट्न इन्कार गर्दै सिरिया र रुसले विद्रोहीहरुलाई समर्थन गरेर टर्कीले सम्झौताको उल्लंघन गरिरहेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.