|
फाइल फोटो

काठमाडौं : संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको उच्चस्तरीय बैठकमा भाग लिन स्वीटजरल्याण्ड गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शुक्रबार स्वदेश फर्किएका छन्। मन्त्री ज्ञवाली आज बिहान साढे १० बजे काठमाडौं आइपुगेका उनको सचिवालयले जनाएको छ।

मन्त्री ज्ञवालीले मानवअधिकार प्रवर्द्धन र संरक्षणप्रति नेपालले हासिल गरेका उपलब्धिबारे बैठकमा जानकारी गराएका थिए।  उनले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिचेल बेचलेटसँग पनि भेटवार्ता गरे। भेटका क्रममा मन्त्री ज्ञवालीले मानवअधिकारको विश्वब्यापी प्रवर्द्धन र संरक्षणमा निर्वाह गरेको भूमिकाप्रति उच्चायुक्त बेचलेटको प्रशंसा गरे।

उच्चायुक्त बेचलेटले पनि मानव अधिकार परिषदको सदस्यका रुपमा मानव अधिकारको रक्षाका लागि पुर्‍याएको योगदानका लागि नेपाललाई धन्यवाद दिएका थिए।

भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यका विषयमा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी गराएका थिए। जेनेभामा फागुन १२ गतेदेखि भएको बैठकमा भाग लिन मन्त्री ज्ञवाली फागुन १० गते त्यसतर्फ प्रस्थान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.