|

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले कार्यालय हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ। बच्चासहित कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीका लागि सुरक्षित स्तनपान कक्ष निर्माण गरिएको कार्यालयले जनाएको छ। 

बच्चा साथमै लिएर आउने महिलाले कार्यालयको वरिपरि वा खुला ठाउँमा स्तनपान गराउन अप्ठ्यारो मानेकाले स्तनपान कक्ष निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। कार्यालयलाई महिलामैत्री बनाउने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष सञ्चालन गरिएको पौडेलको भनाइ छ। स्पनपान कक्षमा महिलाहरुका लागि विश्रामस्थल समेत व्यवस्था गरिएको छ।

कार्यालयमा सेवा लिन आउने महिलाहरुको संख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहज रुपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकून् र सुरक्षित स्थानमा स्तनपान गराउन सकून् भनेर कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ पौडेलले बताए । स्तनपान कक्ष निर्माणका लागि तीन लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.