सातै प्रदेशमा पठाइँदै पूर्वतयारी टोली

|

काठमाडौं : चीनबाट फैलिएको कोरोना भाइरस हाल विश्‍वका विभिन्‍न देशमा फैलिएपछि नेपालमा पनि खतरा रहेको भन्दै सरकारले सचेतना कार्यक्रमलाई तीव्ररूपमा अघि बढाएको छ।

कोरोना भाइरसको जोखिमबाट बच्‍न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलअन्तर्गत रहेको स्वास्थ्य सेवा विभागले पूर्वनिर्धारित कार्यक्रमलाई थाती राखेर कोरोना नियन्त्रणको पूर्वतयारीमा लागेको हो।

कोरोना संक्रमणको महामारीलाई मध्यनजर गर्दै विभागले कोरोना नियन्त्रणको पूर्वतयारीको लागि सातवटा टोली सातै प्रदेशमा पठाउन लागेको छ। उक्त टोलीले प्रत्येक प्रदेशमा हब अस्पताल तयार गर्नेदेखि स्थानीय अस्पताललाई कोरोना नियन्त्रणको लागि तयार गर्न सहयोग गर्ने मन्त्रालयले जनाएको छ।

यस्तै, प्रदेशस्ततरीय मन्त्रालयलाई कोरोना नियन्त्रण पूर्वतयारीको जानकारी गराउने, प्रत्येक नाकामा 'हेल्थ डेस्क' स्थापना गरी आवश्यक न्यूनतम सामग्री उपलब्ध गराउनका लागि टोली पठाउन लागिएको हो।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशकको नेतृत्वमा काठमाडौं उपत्यकामा पाँचवटा टोली बनाउने र उक्त टोलीले वरपरका अस्पतालमा आएका कोरोना संक्रमणसँग समबन्धित शंकासपद बिरामीको विवरण संकलन गर्नेछ। कोरोनासम्बन्धी २४ सै घण्टा जानकारी प्रदान गर्न इपिडोमोलोजी तथा रोग नियन्त्रण तथा महाशाखामा ‘कोरोना इन्फर्मेशन सेन्टर’ स्थापनासमेत गरिएको छ।

कोरोनाको संक्रमण देशमा फैलन नदिन र नियन्त्रणको निमित्त यसको पूर्वतयारी गर्न लागिएको हो। आगामी १५ दिनसम्म मन्त्रालयअनर्तगतका माहाशाखामा भएका तालिम, गोष्ठी, सम्मेलन तथा दिवस स्थगित गरी कोरोनाविरुद्धको अभियानमा लाग्ने जनाएको हो। यसबीचमा विभागका सबै महाशाखा र युनिटले सातवटै प्रदेशमा पुगेर वस्तुस्थितिको अवलोकन गर्ने, तयारीबारे बुझ्ने र बुझाउने कार्यक्रम रहेको बताइएको छ।

चीनमा पछिल्लो समय कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आएको छ। तर, त्यसको कोरिया, जापान, इटाली, इरानलगायतका देशमा त्यसको विपरीत तीब्र गतिमा संक्रमण र मृत्युसंख्या बढेको छ। यसले नेपालमा पनि यसको जोखिम कायमै देखिएको भन्दै विभागले यो तयारी थालेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.