|
फाइल फोटो

काठमाडौं : भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सकिएको बताएकी छिन्। शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरूको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

नेपालले पहिलोपटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम सुरु गरेको हो।

नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधि टिमले सुझाव पेश गरेको र नापी विभागले बनाएको टिमले काम अन्तिम चरणमा पुर्‍याएको उनले बताइन्। पहिलोपटक नापनक्साको काम लाइडर नापी जस्ता अत्याधुनिक प्रविधि प्रयोगको गरिएको छ।

सुकुम्बासी व्‍यवस्थापनका लागि कानुन

सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानुन बनाएको र कार्यान्वनको चरणमा रहेको छ। भूमि मन्त्रालयबाट अर्थ मन्त्रालयमा आयोग गठन आदेश पुगिसकेको जानकारी उनले दिइन्। यसका लागि आयोग मात्रै नभएर आयोगलाई सहयोग पुग्ने संयन्त्र बनाएर अगाडि बढ्ने प्रयास भएको मन्त्री अर्यालले बताइन्।

सरकारले २८४ बिघा जग्गा सरकारको नाममा फिर्ता लिएको मन्त्री अर्यालले बताइन्। २८४ विघा ५ कट्ठा १५ धुर जग्गा सरकारले फिर्ता आफ्नो नाममा ल्याएको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारको नाममा कायम गर्न १३ विघा १८ कट्ठा १ धुर जग्गा रोक्का राखिएको बताइन्। हदबन्दीभन्दा बढी रहेको १० हजार १९२ विघा जग्गा सरकारको नाममा कायम गर्न रोक्का राखिएको छ।

सहकारी ऐन संशोधनको तयारी गरेको मन्त्री अर्यालले बताइन्। वित्तीय कारोबारसँग जोडिएका कुराहरु पनि संशोधनमार्फत सम्बोधन हुने उनले बताइन्। गुठी विधेयकसमेत समेटेर एकिकृत भूमि ऐन ल्याउन लागिएको पनि उनले बताइन्।

पछिल्लो समय पटकपटक सरोकारवालासँग भएको छलफलमा सहमति जुटेपछि एकीकृत ऐन ल्याउन लागिएको उनले बताइन्। ‘सँगै जाउँ भन्ने कुरामा सहमत हुनुहुन्छ। उहाँहरुले सुझाव पनि दिनुभएको छ। उपत्यकालाई केन्द्रीत गरेर भोली समस्या नआवस भनेर मन्त्रालयले सुझाव समिति बनाउने निर्णय पनि गरेको छ। एकिकृत कानुन निर्माणको प्रक्रियामा छौँ’, उनले भनिन्। 

त्यस्तै, मन्त्री अर्यालले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा लामो अनुभव भएका योग्य व्यक्तिहरूलाई नियुक्त गरिएको बताइन्। लामो समय सहकारी क्षेत्रमा आवद्ध रहेका व्यक्तिहरु समितिमा ल्याएको उल्लेख गर्दै अर्यालले निजामतीतर्फ ११ औं तहको सेवा पूरा गरेको र चार्टर्ड एकाउण्टेन्ट गरी दुईजना नियुक्त गर्न बाँकी रहेको उनले बताइन्। आयोगले काम गर्ने विश्वासका साथ अनुभव भएका व्यक्तिहरु नियुक्त गरिएको उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.