सुदूरपश्चिम साँस्कृतिक, प्राकृतिक सम्पदाले भरिपूर्ण : राष्ट्रपति भण्डारी

|

डडेल्धुराः राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छन्।

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले शुक्रबार बिहान अमरगढी नगरपालिका–८ मा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिरको दर्शन गरेकी हुन्। करिब ४५ मिनेट उग्रतारा क्षेत्रमा रहेकी उनले मन्दिरमा पूजापाठसमेत गरिन्।

उग्रतारा वेदविद्याश्रममा अध्ययनरत बटुकहरुले संस्कृतमा राष्ट्रपतिको स्वागतस्वरूप स्वस्तानी वाचन गरेका थिए। जिल्ला सदरमुकामभन्दा पाँच किलोमिटर टाढा उत्तरतर्फ महाकाली राजमार्गको छेउमै रहेको उग्रतारा मन्दिरमा राष्ट्रपति भण्डारी पुग्ला बाजागाजासहित स्वागत गरिएको थियो।

राष्ट्रपतिको उग्रतारा मन्दिर दर्शन गर्न पुग्दा जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारमा रहेको वेदविद्याश्रमा अध्ययनरत बटुकलगायत उग्रतारा क्षेत्र विकास समिति पदाधिकारी, पूर्व पदाधिकारीहरूले स्वागत स्वागत गरेक थिए।

राष्टपतिको भ्रमणमा सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त त्रिपाठी, मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पनि सहभागी भएका थिए।

उग्रतारा भगवतीको दर्शनसँगै अमरगढी नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दनसमेत गरेको छ। नगरपालिकाका तर्फबाट राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरिएको हो। उग्रतारा क्षेत्र विकास समितिले पनि राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन पत्र प्रदान गरेको छ।

सुदूरपश्चिम साँस्कृतिक, प्राकृतिक सम्पदाले भरिपूर्ण : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश साँस्कृतिक, प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण भएको बताएकी छन्।

‘यहाँ प्राकृतिक सम्पदा र पुण्य धामहरू रहेका छन्। यहाँका राष्ट्रको ध्यान पुगेन कि भन्ने सोचाइहरू पनि छन्। तर, त्यसो होइन’ नागरिक अभिनन्दनपछि बोल्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘राष्ट्रको दाइने हात, दाइने आँखा सुदूरपश्चिम हो। त्यसैले यहाँ राष्ट्र ध्यान आकर्षित भएको छ।’

राष्ट्रले सबै ठाउँका जनतालाई समान ढंगले हेरिरहेको उनले बताइन्। सुदूरपश्चिम प्रदेशको चौतर्फी विकासका लागि नेपाल सरकार लागिपरेको उनको भनाइ थियो।

नेपाल भ्रमण वर्षको अवसरमा पहिलोपटक उग्रताराको दर्शन गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले उग्रताराको राष्ट्रियस्तरमा प्रसार–प्रसार हुने विश्वास व्यक्त गरिन्। विभिन्न कामको शिलसिलामा डडेल्धुरा यसअघि पनि आएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले राष्ट्रपति भएपछि पहिलोपटक यहाँ आएको पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.