|
फाइल फोटो

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थयित्वलाई एकसाथ लैजानुपर्ने बताएका हुन्।

उनले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताए। उनले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई समान रुपले बढाउन वित्तीय संघीयताको कार्यान्वयनमा जोड दिए।

मुलुकमा वित्तीय संघीयता लागू भइसकेको र सरकार त्यसमा सफल हुँदै गए पनि केही गैरबैंकिङ क्षेत्रका कारण समस्या भइरहेको संकेत गरे। उनले पछिल्लो समय नेपालमा छाया बैंकिङको प्रवृत्ति हाबी भएको र वाणिज्य बैंकले गर्ने काम अन्य गैरबैंकिङ संस्थाहरूले गर्न थालेको बताए।

उनले फरक-फरक नाउँमा बैंक, वित्तीय संस्था र गैरबैंकिङ संस्थाले एउटै काम गर्दा, सरकार, केन्द्रीय बैंक र जनता अलमलमा परेको बताए। उनले बैंकिङ गतिविधि मात्र वित्तीय समावेशीकरण नभएकाले बीमा कम्पनीहरुले जोखिम बहन नगरे बैंक तथा वित्तीय संस्थाहरु जोखिममा पर्नसक्ने बताए।

अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई समान रुपमा अगाडि बढाउन चुनौती देखापरेको बताए। उनले सरकार व्यवसाय गर्न असफल भए पनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता व्यक्त गरे। उनले बजार असफल भएमा सरकारसमेत असफल हुने भएकाले निजी क्षेत्रलाई साथमा लिएर उच्च आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको समेत बताए।

त्यसका लागि आन्तरिक उत्पादन बढाउन स्थानीय उत्पादनमा जोड दिइएको र आधारभूत सेवा र आधारभूत पूर्वाधार निर्माणका काम भइराखेकोले विकासको आधारहरू तयार हुँदै गएको उनले बताए। शनिबारसम्म चल्ने सम्मेलनमा छलफल हुने विषयहरूबाट वित्तीय स्थायित्वका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वाससमेत अर्थमन्त्री खतिवडाले गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.