|

काठमाडौं : संघीय राजधानीको मुटुमा अवस्थित एक ऐतिहासिक कृत्रिम पोखरी हो-रानीपोखरी। आयताकार रानीपोखरी काठमाडौंमा रहेका सबैभन्दा प्रसिद्ध स्थलहरुमध्येको एक हो।

रानीपोखरीको धार्मिक र सौन्दर्यको पनि छुट्टै महत्व छ। आफ्ना माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले राजा प्रताप मल्लले ई.सं. १६६५ मा उक्त पोखरी निर्माण गराएका थिए। यो मन्दिर बर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खोल्ने गरिन्छ।

वि.सं. २०७२ साल बैशाख १२ गतेकाे ७.८ रेक्टरकाे बिनाशकारी भुकम्पमा मन्दिरकाे गजुर सहित मन्दिर क्षति भएकाे थियाे। भुकम्प गएकाे एक बर्ष पारि २०७३ बैशाख १२ गते राष्ट्रपति बिध्यादेबि भण्डारीले पुन:निर्माण कार्यको शिलान्याश गरेकी थिइन्‌। अहिले पुन:निर्माण कार्य जारी छ।

पर्यटन बर्ष २०२० शुरू हुनुअगावै पूरा गरिसक्ने भनिएपनि रानीपोखरी पुनर्निर्माणको काम अहिले पनि जारी छ। पहिले महानगरपालिकालाई पुनर्निर्माण जिम्मा दिँदा ठेकेदारले पुरातात्विक महत्व नै नष्ट हुनेगरी निर्माण थालेपछि अहिले उपभोक्ता समितिमार्फत मौलिक शैलीमै रानीपोखरी तयार पारिँदैछ। 

तस्बिरमा हेरौं पुनर्निर्माण हुँदै गरेको रानीपोखरी :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.