|

सल्यान : तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले जग्गा उपलब्ध गराएको ३५ वर्ष भइसक्दा समेत सल्यानका पाँंचसय भन्दा बढी विपन्न परिवारले अझै लालपूर्जा पाउन सकेका छैनन्।

विस २०३८ र ०५४ सालमा आयोगले सुकुम्बासीलाई ५ देखि १० मिटर जग्गादिए पनि अहिलेसम्म पुर्जा पाउन नसक्दा उनीहरूलाई उठिबासको त्रासदेखि सरकारी सेवा सुविधामा सास्ती भोग्नुपरेको छ। 

सुकुम्बासी समस्या समाधान आयोगले २०५४ सालमा पाँच मिटर चौडाई र १० मिटर लम्बाइ भएको जग्गादिएको दिएको भए पनि लालपुर्जा नपाएको छत्रेश्वरी गाउपालिका ६ लान्तिका गणेश भारतीले बताए। उनले जग्गामा घर बनाई बसिरहेका छन्।

लालपूर्जाका लागि आयोगको शाखा कार्यालयमा दुई वर्ष अघि निवेदन दिएकाको भए पनि अहिलेसम्म लालपुर्जा पाउने सुरसारै नभएको भारतीको भनाई छ।  

लान्तीकै भुवन बादीले पनि मजदुरी गरेर जम्मापारेको पैसाले घर बनाए। तर सरकारले ०५४ मा तुरन्तै लालपुर्जा दिने भने पनि अहिलेसम्म आफ्नै घरजग्गा भएको महसुस गर्न नपाएको बताए। लान्तीमा जग्गापाएका २ सय परिवार मध्ये २५ जनासँग मात्र लालपुर्जा छ।

बाँकीलाई कतै उठिबास हुन्छ किभन्ने चिन्ता छ। सुकुम्वासी आयोगले संकलन गरेका फाइल मालपोतमा थन्किएको मालपोत कार्यालयले जनाएको छ।

सुकुम्बासी आयोगको निर्णयले कार्यकारी हुने मालपोत कार्यालयका हुर्मतबहादुर हमालले बताए। तर तीनदशक भन्दाअघि सरकारी निकायले नै दिएको जग्गाको लालपुर्जा नहुँदा बैकिंङ कारोवार गर्न नपाएका सल्यानका सुकुम्बासीलाई चिन्तित र त्रसितसमेत बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.