|

सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई अख्तियारले पक्राउ गरेको छ।

तालिमका लागि काठमाडौंमा रहेका पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। फागुन ८ गते भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो। उनको साथमा भएको मोबाइलको कल रेकर्ड हेर्दा पौडेल पनि छानबिनको दायरामा आएको अख्तियार स्रोतले जनाएको छ।

प्राविधिक केसीले नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। पौडेल अहिले अख्तियारको हिरासतमा रहेका छन्।

अख्तियारले अनुसन्धान भइरहेकोले अन्य कुरा भन्न नमिल्ले अख्तियारले जनाएको छ। आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार काठमाडौंबाट नै पक्राउ गरेकोले आधिकारिक रुपमा सुर्खेतलाई थाहा नभएको बताए।

‘मैले पनि बाहिरबाट सुनेको छु। तर आधिकारीक रुप्मा जानकारी पाएको छैन्’ उनले भने। भेरीगंगा नगरपालिकाका एका कर्मचारीले अख्तियारले पक्राउ गरेको र पौडेल अहिले अख्तियारको हिरासतमा रहेको पुष्टि गरे। उनले भने, ‘यही १२ गते काठमाडौं जाने कार्यक्रम रहेको थियो। तर हाकिम साप एघार गते नै हिड्नु भएको हो। हिड्दा अलि तनावमा हुनुहुन्थ्यो।‘ 

ती कर्मचारीका अनुसार कार्यकारी पौडेल अतिआवश्यक चेकमा सहि नगरी काठमाडौं गएको जनाए। ‘सही गर्नु पर्ने चेकपछि काठमाडौं मगाउनु भएको थियो। तर चेक लिएर काठमाडौं पुग्दा मोबाइल स्विचअफ भयो। उनले भनेपछि थाहा भयो अख्तियारको हिरासतमा रहेछन्।’

ती कर्मचारीले थप भने, ‘खानेपानीका प्राविधिक चन्द्र केसीको मोबाइलमा कल रेकर्ड देखियो भनेर अनुसन्धानमा लिएको भन्ने छ। अब निलम्बनको पत्र आउछ होला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.