खुमलटार बैठकपछि चितवन, त्यहाँबाट सिन्धुपाल्चोक

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गुटगत विवादले उग्ररुप लिइरहेका बेला एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। 

शुक्रवार बिहान आफ्नै निवासमा नेकपाका नेताहरुबीच गोप्य बैठक गरेपछि चितवन पुगेका प्रचण्ड त्यहीँबाट सुकुटे पुगेका हुन्। उनले सुकुटे पुगेर सुनकोसीमा र्‍याफ्टिङ पनि गरेका छन्। 

शनिवार सुकुटेमा सुरु महोत्सव उद्घाटन गर्न प्रचण्ड सिन्धुपाल्चोक पुगेका प्रेस सल्लाहका विष्णुप्रसाद सापकोटा 'जुगल'ले जानकारी दिए। प्रचण्ड यसअघि पनि राजनीतिक तनाव चुलिएका बेला सुकुटे जाने गरेका थिए। यो पटक पनि महोत्सव उद्घाटन गर्न भन्दै प्रचण्ड सुकुटे पुगेका हुन्।

प्रचण्ड सुकुटे पुगेर महत्वपूर्ण राजनीतिक निर्णय लिने गरेका छन्। अर्का अध्यक्ष केपी ओलीसँग सरकार सञ्चालनबारेमा विवाद चर्किरहेका बेला प्रचण्डले शुक्रबार सुकुटे पुगेर र्‍याफ्टिङ पनि गरेका छन्। 

प्रचण्डसँग यो पटक उनकी छोरीसहितको टोली छ। सिन्धुपाल्चोक जाँदा त्यहीँका नेता अग्निप्रसाद सापकोटासँग उनी जाने गर्थे। तर सापकोटा सभामुख भएपछि प्रचण्ड केही निकटसहयोगीसहित त्यहाँ पुगेका हु्न्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.