अंश पनि दाबी गरियो

|

काठमाडौं : प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका १ नम्बर प्रदेशका सह-इन्चार्ज शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा मुद्दा हालेकी छन्। 

दोलखाको कालिञ्चोक-४ घर भएकी बालिका खड्काले मुख्यमन्त्री राईसँग पति कायम गरि अंशपाऊँ भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्। 
केपी ओली पहिलो प्रधानमन्त्री हुँदा सचिवालयमा काम गरेकी तत्कालीन नेकपा एमाले युवा संघकी निर्वाचित केन्द्रीय सदस्य बालिका खड्काले बालिका खड्का (राई) नाममा मुख्यमन्त्री राईविरुद्ध मुद्दा दायर गरेकी हुन्।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ। राईले आफूसँग विवाह गरिसकेपछि पनि घरेलु हिंसा गर्ने गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

मुलुकी देवानीसंहिताको दफा २१५ बमोजिम राईले आफूलाई अंश दिनुपर्ने मागदाबी पनि उनले गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.