|

काठमाडौं : पछिल्लो २४ घन्टाभित्र काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ३ सय २ जना चालक कारबाहीमा परेका छन् । 

कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरै सडक र फुटपाथमा सवारी पार्किङ गर्ने २४२ जना रहेको  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

लेन अनुशासन उल्लंघन गर्ने १७४ र मादक पदार्थ सेवन गरेर सवारी चलाउने ११० जना चालक कारबाहीमा परेका छन् । 

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौै उपत्यकामा भएका ४६ वटा सवारी दुर्घटनामा ३५ जना सामान्य घाईते भएका छन् । 

बितेको २४ घन्टामा विभिन्न नाका हुँदै काठमाडौं उपत्यकामा ८६ हजार ८ सय ७ जना यात्रु भित्रिएका छन् भने ९१ हजार ४ सय १२ जना यात्रु बाहिरिएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.