|

काठमाडौं : कालिमाटी तरकारी थोक बजारमा आज (शनिबार) घिउसिमीको भाउ हिजोको तुलनामा ५० रुपैयाँले बढेको छ। हिजो शुक्रबार प्रतिकिलो ५० देखि ६० रुपैयाँमा बिक्री भएको घिउसिमीको एकै दिनमा ५० रुपैयाँभन्दा बढीले वृद्धि भएको हो। 

घिउसिमीसँगै अन्य सिमी र मटरकोशाको मूल्य पनि बढेको छ। समितिका अनुसार टाटे सिमी प्रतिकिलोमा ३० रुपैयाँले बढेर ७५ देखि ८० र मटरकोशा २० रुपैयाँले बढेर ७० देखि ८० रुपैयाँ पुगेको छ।

हिजोको तुलनामा कालीमाटीमा भिण्डीको भाउ मात्रै घटेको छ। भिण्डी प्रतिकिलोमा १५ रुपैयाँले घटेर ८० देखि ८५ रुपैयाँमा झरेको छ। ठूलो गोलभेँडा ४५ देखि ५०, रातो आलु ३३ देखि ३५, भारतीय सुकेको प्याज ६८ देखि ७० र स्थानीय गाँजरको भाउ ३० देखि ३५ रुपैयाँ किलो कायम भएको छ।

स्थानीय काउली १८ देखि २५ र भन्टा ७५ देखि ८० रुपैयाँमा बिक्री भइरहेको समितिले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.