|

मुगु : छाँयनाथ रारा नगरपालिका-१ र २ मा पर्ने सदरमुकाम गमगढी बजारको ढल निमार्ण जिम्मा लिएको ठेकेदा पक्षले हाल सम्म निर्माणको कार्य सुरु नर्गदा बजार बासिले सास्ति खेप्नु परेको छ।

जिल्ला प्रशासन कार्यालयदेखि चैना खोला र अदालत चोकदेखि खडकराज मल्लको घरसम्मको २ हजार १ सय मिटर ढल निमार्णको जिम्मा भवन डिभिजन कार्यालय जुम्लासँग 'डाँफे द क्याराभान जेबि काठमाडौं' ले २०७५ पुस ९ गते निमार्ण भम्झौता गरेको थियो। निर्माण जिम्मा पाएको ठेकेदार पक्षले निर्माण कार्य थालनी नगर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको हो।

दुई बर्ष अगाढीबाट निमार्ण हुने ढल हालसम्म निमार्ण भएको छैन। सडकमा बगेर आएको पानी र फोहोर स्थानीयको घर भित्र समेत पसेको छ। खुला पानी तथा फोहरले गर्दा बजारवासी तथा बजार आउने जाने सर्वसाधरणले सास्ती खेप्नु परेको छ। जिल्ला प्रशासन कार्यालयभन्दा माथिबाट बगेर आउने खुला पानीले बगाएर ल्याएको फोहरले पुरै बजार नै दुर्गन्धित हुँदै आएको छ।

गमगढी बजारबाट मिलन चौक र अलालत चौकबाट आवत-जावत गर्ने सर्वसाधारणलाई समस्या हुने गरेको छ। दुई बर्ष बितिसक्दा समेत ठेकेदार पक्षले हालसम्म ढल निमार्णको कुनै काम नगरेको र काममा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको होटल व्यवसायी संघ मुगुका अध्यक्ष बिष्णुबहादुर मल्लले बताए।

०७५ पुस ९ गते २ करोड १३ लाख ७० हजार ५सय २८ रुपैया ३९ पैसामा भवन डिभिजन कार्यालय जुम्लासँग ०७७ असार मसान्त भित्र डाँफे द क्याराभान जेबिले निमार्ण सम्पन्न गरिसक्नु पर्ने हो। तर सम्झौता गरेपनि निमार्णको जिम्मा पाएको ठेकदारले हालसम्म निर्माण नगर्दा दुई पटक भवन डिभिजन कार्यालय जुम्लाले आफ्नो जिम्माको काम शुरूवात गर्न पत्रचार गरिसकेको छ। तर ठेकेदार पक्षले अझैसम्म कुनै चासो देखाएको छैन।  

सम्झौता भएकै समयमा ठेकेदार पक्षले १० प्रतिशत पेश्की समेत लगिसकेको भवन डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चन्द्र खड्काले जानकारी दिए। सदरमुकाम गमगढी बजारको ढल निकासका लागी आर्थिक बर्ष ०७५/०७६ मा १ करोड ५० लाख रुपैयाँ विनियोजित गरेको थियो। भवन डिभिजन कार्यालय जुम्लाले उक्त योजना आफैँले निमार्ण गर्ने चासो देखाएपछि छायाँनाथ रारा नगरपालिकाले विनियोजित बजेट अर्को योजनामा खर्च गरेको छ। 

नगरपालिका आफैंले सो योजना अघि बढाएको भए यतिखेरसम्म सम्पन्न भइसक्ने सरकारी कर्मचारीहरु बताउँछन्‌। भवन डिभिजन र ठेकेदार पक्षलाई काम सुरू गरी समयमै सम्पन्न गर्न नगरपालिकाबाट बेला-बेला पत्रचार गरेको भएपनी हालसम्म कुनै सुनुवाई नभएको छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिङजङ्ग शाहीले बताए।

निमार्णको जिम्मा लिएको डाँफे द क्याराभान जेबिका चन्द्र थकालीले ढल निमार्णबारे फर्म सम्झौतामा रकम र योजना कहिलेबाट सुरूवात हुने भन्ने बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.