सुरक्षा व्यवस्थाबारे जानकारी नगराएको भन्दै असन्तुष्टि
सुरक्षा व्यवस्थाबारे जानकारी नगराएको भन्दै असन्तुष्टि
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावलले आफूलाई विमानस्थलको भिआइपी कक्षमा जान रोकिएको भन्दै आक्रोश पोखेका छन्।
शनिबार बिहान धनगढी विमानस्थलको भिआइपी कक्षमा जान नेता रावललाई रोक लगाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं फर्कने कार्यक्रम रहेको भन्दै उपप्रधानमन्त्रीसमेत रहेका रावललाई भिआइपी कक्षमा जानबाट सुरक्षाकर्मीले रोक लगाएको हो।
राष्टपतिको सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले नेता रावललाई रोक लगाएपछि उनी आक्रोशित भएका थिए। उनी काठमाडौंबाट शनिबार बिहान श्री एयरलायन्सको विमानमार्फत धनगढी पुगेका थिए।
भिआइपी कक्षमा जानबाट रोक लगाएपछि नेता रावलले पत्रकार सम्मेलनमार्फत असन्तुष्टि जनाएका हुन्। विशिष्ट कक्ष जान नपाएकोमा मलाई त्यस्तो कुनै समस्या छैन। तर, सुरक्षा व्यवस्थाबारे जानकारी गराउन त सकिन्थ्यो होला नि’ उनले भने। सुरक्षाकर्मीले भिआइपी कक्षबाट प्रवेश गर्न नदिएपछि उपप्रधानमन्त्री रावल ट्रली बोक्ने बाटोबाट बाहिरिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।