|

सर्लाही : चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिता सर्लाहीको बागमतीमा आयोजित हुने भएको छ। प्रदेश नम्वर २ कै ठूलो धनराशीको राजश्री जनककप फुटबल प्रतियोगिता बागमती नगरपालिका ११ कर्मैयास्थित स्वर्गीय सन्‍तोष स्मृति खेल मैदानमा यही फागुन २२ गतेबाट प्रतियोगिता सुरु हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

प्रतियोगितामा आयोजक बागमती नगरपालिकाको (रातो) र बागमती युवा क्लबको (निलो) समेत गरी १२ वटा क्लबले सहभागिता जनाउने भएका छन्। जसमा दुईवटा विदेशी क्लबसमेत रहेका बागमती नगरपालिकाको खेलकुद संयोजक दीपक लामाले बताए। उनका अनुसार प्रतियोगितामा आयोजक बागमती नगरपालिका र बागमती युवा क्लबको एक–एक वटा टिमसँगै नेपाल पुलिस क्लब काठमाण्डौं, एन.आर.टी. क्लब काठमाण्डौं, जावलाखेल युथ क्लब काठमाण्डौं, उर्गेन एकेडेमी फुटबल भुटान, कञ्चनजंगा एफ.सी सिक्किम, प्लानिङ ब्वाईज काठमाण्डौं, सुदूरपश्चिम–११, ब्वाईज युनियन काठमाण्डौं, चितवन–११ चितवन र जन जागृति युवा क्लब सीमराले सहभागिता जनाउँदै छन्।

फुटबल प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि प्रथम पुरस्कारका लागि एलाइट कंक्रिट उधोग तथा एलाइट ग्रुप कर्मैया र द्धितीय पुरस्कारका लागि स्थानीय जीवन रानाभाटबाट प्रदान गरिनेछ।

त्यस्तै प्रतियोगिताका लागि बागमती नगरपालिकासहित स्थानीय तहहरु, विभिन्न गैरसरकारी संघ संस्था, उद्योगी व्यापारीसँग सहयोग संकलन गरिएको र विभिन्न व्यापारिक हाउसहरुको प्रायोजन रहने आयोजक समितिका संयोजक लामाले जानकारी दिए।

प्रतियोगिता सुरक्षित रुपले सम्पन्न गर्नका लागि सम्पूर्ण पूर्वाधार तयार भइसकेको संयोजक लामाले बताए। प्रतियोगितामा प्रथम हुने टिमले १० लाख र द्वितीय हुने टिमले पाँच लाख नगद पुरस्कार पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.