|

सल्यान : सल्यानका एक सिभिल इन्जिनियरले व्यवसायिक कुखुरा पालन थालेका छन्। पढे लेखेका मानिसले कृषि पेशा अंगाल्नु हुँदैन भन्ने सामाजिक मान्यतालाई टोड्दै उनले व्यवसायिक लोकल कुखुरा पालन थालेका हुन्।

जिल्लाको शारदा नगरपालिका ५ रातामाटाका २० वर्षिय सिभिल इन्जिनियर लाल बहादुर कुमाईले कुखुरा फर्म नै दर्ता गरेर व्यवसाय सुरु गरेका छन्। 
करिब ५ लाख लगानी गरी व्यवसाय सुरु गरेका कुमाईले स्थानीय जातका कुखुरा पालन गरेका छन्। अहिले उनको फर्ममा स्थानीय जातका सातसय बढी कुखुरा रहेका छन्।

वैशाखदेखि पुससम्म कुखुरा र अण्डा बिक्रीबाट झन्डै आठ लाख आम्दानी गरी सकेको कुमाईले बताए। उनले भने दैनिक एक सय बढी अण्डा उत्पादन भइरहेको छ। बजारको कुनै समस्या छैन। 

उत्पादन भएका कुखुरा र अण्डा जिल्लामै खपत भइरहेको उनले बताए। अहिलेसम्म कहिँ कतैबाट सहयोग नपाएको बताउँदै उनले अवका दिनमा कतैबाट सहयोग पाए कुखुराको संख्या बढाउने र व्यवस्थित गर्ने योजना रहेको उनको भनाई छ। 

अर्काको जागिर खाएर नोकरी गर्नु भन्दा आफ्नै व्यवसाय गरेर मालिक बनेकोमा खुशी लागेको कुमाईले बताए। उनले भने 'अर्काको देशमा रगत पसिना बगाउनु भन्दा आफ्नै देशमा सानो लगानीमा व्यवसाय सञ्चालन गर्न सकिन्छ। पढेर जागिर नै गर्नुपर्छ भन्ने नेपालीको सोचाई छ। त्यस्तो सोचाईलाई परिर्वतन गर्न जरुरी छ' उनले भने,' पढेपछि जागिर गर्नु पर्छ भन्ने सामाजिक मान्यता छ। यस्ता सामाजिक धारणा बदल्न पनि मैले यो अभियान सञ्चालन गरेको हुँ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.