अवैधरुपमा नेपाल छिरेर रोजगारी

|

 काठमाडौं : उत्तरी गोरखाको एक निर्माणाधीन जलविद्युत आयोजनामा अवैधरुपमा काम गरिरहेका आठजना चिनियाँ नागरिकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ।

नौलो नेपाल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको अपरबूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका आठजना चिनियाँ नागरिकलाई सोमबार  नियन्त्रणमा लिइएको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए।  

‘उनीहरु माछाखोलामा बन्दै गरेको हाइड्रोको स्वाइल परीक्षणसहितका काम लागिरहेको अवस्थामा पक्राउ गरिएको हो,’ एसपी अधिकारीले भने, ‘उनीहरुलाई गएराति नै अध्यागमन विभाग काठमाडौँ पुर्‍याएर जिम्मा लाएका छौँ। थप कारबाही अध्यागमनले नै गर्छ।’

पक्राउ पर्नेमा ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन्।  

उनका अनुसार पक्राउ परेका ती चिनियाँसँग काम गर्ने इजाजत पत्रसमेत छैन। केहीसँग भिसासमेत नरहेको उनले जानकारी दिए। भिसा नभएकाहरु उत्तरी नाकाबाट छिरेको आशंका गरिएको छ । पक्राउ परेकामध्ये केहीसँग पर्यटक भिसा भेटिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.