|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेलेरै विभिन्‍न विभाग गठन र मनोनित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ। 

पौडेल पक्षले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना बुधबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णयसमेत गरेको छ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको पौडेल पक्षको भेलाले प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको हो।

‘तपाइँहरु कोही पनि त्यो प्रशिक्षणमा नजानुस,’ उपसभापतिहरुलाई निर्देशन दिँदै कांग्रेसका महामन्त्री शशांक कोइरालाले भने, ‘तपाइँहरुलाई त्यहाँ बोल्न दिँदैनन्। त्यसो भएपछि किन जाने। सभापतिज्यू कहिले प्रशिक्षण, कहिले के भनेर १४ औँ महाधिवेशन नगर्ने दाउमा हुनुहुन्छ।’ 

सिंह निवासमा भएको भेलामा काठमाडौँमा रहेका जिल्ला सभापति तथा उपसभापितहरु सहभागी थिए। वरिष्ठ नेता पौडेलले पनि महाधिवेशन भाँड्न सभापतिले डाकेको प्रशिक्षणमा नजान निर्देशन दिए। नेता प्रकाशमान सिंहले सभापतिले पेलेरै जाने निर्णय गरेकाेले त्यसविरद्ध सबै एक ढिक्का हुनु पर्ने बेला आएकाे बताए।  

सिंहको निवास चाक्सीबारीमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, सरिता प्रसाईं, बद्री पाण्डेसहित केही जिल्ला सभापति, उपसभापतिसहितका नेता सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.