फिचर : फोटो फिचर

बागलुङको गलकोट, जहाँ १५ दिनमै १५ मूर्ति ठडिए [१० फोटो]

फागुन २४, २०७६

    काठमाडौं : पहाडी आकर्षक भू–स्थलले सिँगारिएको गलकोट नगरपालिका ५ हरिचौर टेउवामा गत फागुन ५ देखि जारी गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको छ।

     ऐतिहासिक ठाउँ गलकोटमा मूर्तिकलाको पुनर्जागरण ल्याउनेगरी गरिएको अन्‍तर्राष्‍ट्रिय कार्यशालाको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले कार्यशालाको समापन गरे।

    गण्डकी प्रदेशमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकार सहभागी गराएर आयोजना गरिएको कार्यशालाले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको हो। अन्तर्राष्ट्रिय मूर्तिकारहरूको संस्था 'एइसम'ले कार्याशालालाई नेपालको  विकट भूगोलमा फरक सोचका साथ कार्यशाला सफलतापूर्वक सम्म्पन्न गरेकोमा यो मान्यता दिएको आफ्नो वेभसाइटमा जनाएको छ।

    उक्त संस्थाले पठाएको प्रमाणपत्र गलकोट कला केन्द्रलाई हस्तान्तरण गरिएको थियो। कार्यशालाले अन्तर्राष्‍ट्रियस्तरको मान्यता पाएसँगै यसको गरिमा थप बढेको कार्यशालाका अभियन्ता तथा मूर्तिकार ओम खत्रीले बताए। ११ देशका १५ मूर्तिकार सम्मिलित कार्यशाला १५ दिनसम्म सञ्‍चालन भएको थियो।

     "कलासँग जोडिएको समाज समुन्नत हुन्छ। फरकफरक परमपरा, संस्कार र सोचले गर्दा नै नेपाल सांस्कृतिक देश हो। यसले गर्दा नै नेपालसँग कलाको साइनो निकै पुरानो छ। कलाले दिने सन्देश पनि फरक हुन्छ समाजमा" क्यानडाबाट कार्यशालामा सहभागिता जनाउन गलकोट आइपुगेकी जुली ग्लास्पी ले भनिन्। म यहाँका नेपालीहरूदेखि निकै मोहित भएँ।

     गलकोटको यो कार्यशाला मेरा निम्ति अस्मरणीय बन्यो। गलकोट टेउवामा आयोजना भएको अन्तर्राष्‍ट्रिय मूर्तिकला कार्यशाला यस दूरदराजको गाउँका लागि नवीन सोचको कल्पना हो। यश कार्यशाला यहाँ आयोजना हुनुले गलकोट क्षेत्रलाई कला बुझ्ने समाजको रूपमा बुझ्‍न सकिन्छ।

     अरू थप कलाका आयामहरू यहाँ विस्तार हुँदै जानेछ्न्। गलकोटबासीको यो सत्प्रयासलाई सलाम छ। गलकोट सेरोफेरोबाटै संकलन गरिएका ढुंगाहरूमा मूर्तिकारले कला आकृति भर्ने काम गरेका छन्। ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने र पर्यटक तथा कला पारखीलाई आकर्षित गर्ने महत्वकांक्षी लक्ष्य सहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए।

     कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटे सहभागी छन्। यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागिता जनाएका थिए। मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच सहयोगी मूर्तिकारको पनि कार्यशालामा सहभागिता थियो।

    फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]