|

काठमाडौं :  महिला रोकिए संसार रोकिन्छ भन्ने मूलनाराअन्तर्गत माइतीघरमा नारी दिवस मनाइएको छ। महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले गरेको उक्त कार्यक्रममा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेका थिए।

 माइतीघरमा जम्मा भएका महिलाहरूले महिला अधिकार सुनिश्चित हुनुपर्ने र बढ्दै गएको महिला हिंसाप्रति सरकारको ध्यानाकर्षण गरेका थिए। 

मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तराष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ। यसैको सन्दर्भमा  सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ नारी दिवसलाई अन्तराष्ट्रिय मायता प्रदान गरिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.