|

काठमाडौं : सांसद डा. बिन्दा पाण्डेको पुस्तक “समानताका पाइलाहरू : राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण” अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर बजारमा आएको छ।

लामो सयमदेखि नेपाली महिला आन्दोलन नियालिरहेकी पाण्डेले राजनीतिलाई परिवर्तनको साधन मानेको बताउँदै महिलालाई त्यसको अभिन्न अंगका रूपमा अनुभूत गरेर नेपाली राजनीतिमा महिला सशक्तीकरणको प्रकृति र प्रक्रियालाई महिलावादी दृष्टिकोणबाट हेर्ने जमर्को गरेको बताइन्।

'यस क्रममा मैले समग्रमा नेपाली लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिका नियालेँ। शताब्दी पार गरेको नेपाली महिला आन्दोलनको उकाली–ओराली विश्लेषण गर्दै महिला समानता प्राप्तिका विषयसँग जोडिएका अवरोध हटाउने उपाय खोज्ने प्रयत्न गरेँ' उनले भनिन् 'त्यसैको अभिलेख हो, ‘समानताका पाइलाहरू’।' 

महिला अधिकारकर्मी, राजनीतिज्ञ, बौद्धिक समुदायहरूलाई आमन्त्रित गरेर पुस्तकमाथि बहस गरी पुस्तकको विमोचन गर्ने सोच बनाएको उल्लेख गर्दै उनले कोरोना भाइरसको संक्रमणका कारण ठूला भेला गर्न अनुपयुक्त भएकाले यस पुस्तकलाई विमोचन नगरीकन श्रमिक महिला दिवसको छेको पारेर बजारमा पठाउने निर्णय गरेको बताइन्।

पुस्तकबारे टिप्पणी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कृतिमा नेपाली राजनीतिमा महिला सहभागिता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समीक्षा गरिएको बताए।

'अभियन्ता र प्राज्ञिक दुवै भूमिकामा रहेकी डा. बिन्दा पाण्डेले लेखेको यो कृतिमा नेपाली राजनीतिमा महिला सहभागिता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समीक्षा गरिएको छ' उनले भने, 'आन्दोलनबाट प्राप्त उपलब्धिको विहङ्गम चर्चा पनि गरिएको छ। अनि नयाँ चुनौतीको सविस्तार व्याख्या पनि। असङ्गतिका विषयमा लेखकले आफू सम्बद्ध पार्टीलाई पनि बाँकी छाडेकी छैनन्। तसर्थ पुस्तक यथार्थपरक छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.