|

काठमाडौं : आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व। तर,उपत्यकामा यसवर्ष होली पर्वको चहलपहल तुलनात्मक रुपमा बिगत बर्षहरुको भन्दा शुन्य जस्तै देखिएको छ।

बिगत बर्षहरुमा फागु/होलीमा सडकभरी होली खेल्नेको भिडभाड देखिने बेला यसवर्ष सडकमा सर्वसाधारण देखिँदैन। विश्वभर फैलिएको कोरोना भाईसरबाट त्रसित भएकै कारणले त्यतीधेरै होली खेलेको नदेखिएको हो। झुण्डझुण्डमा रंग खेल्न हिड्ने युवा जमात पनि सडकमा कम मात्र देखिएका छन्। 

सवारी साधन सामान्य रुपमा चलेका छन् भने सवारीमा चढ्ने यात्रु पनि कम देखिन्छन। होलीको चलपहल नहुँदा केही बर्ष यता धेरै चलनचल्तिमा आएको होली टिसर्ट व्यापारी समेत घाटामा परेको बताएका छन्‌।

पुतलीसडकमा फागु खेल्दा लगाइने टिसर्ट बेच्न बसेका एक व्यापारीले भने, ‘आज एउटा पनि होली टिसर्ट बेच्न सकिएको छैन, ग्राहक नै आउँदैनन्, होली खेल्ने मान्छे नै देखिँदैन, आज घाटामा परियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.