|

धनकुटा : तमोर नदीमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक भिनित शर्मालाई खोज्नका लागि गोताखोर टोली परिचालन गरिएको छ।

फोटो खिच्ने क्रममा गत २४ गते लडेर बेपत्ता भएका नोवेल मेडिकल कलेज विराटनगरमा अध्ययनरत शर्मा हालसम्म फेला परेका छैनन। परिचालमा खटिएको टोलीलाई नेपालमा नै पहिलो पटक सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बाहिनी मुख्यालय पकली सुनसरीले हालै मात्रै पहिलो समुहलाई स्वदेशमा नै तालिम दिएर दक्ष बनाएको थियो।

घुम्‍न आएका भारतीय नागरिक तमोर नदीमा बेपत्ता

खोजी कार्यमा ३ जना गोताखोर सहित १५ जना विपद व्यवस्थापन तालिम प्राप्त उद्दार टोली आवश्यक सामाग्री सहित परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ६ गुल्म धनकुटाका डिएसपी सचिन कर्माचार्यले बताए। 

गत शनिवार भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय शर्मा धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका थिए। टोलीले सोमबार विहान ८ बजे देखि खोजी कार्य गरिएको भएपनि हालसम्म फेला पार्न नसकेको जनाइएको छ।

टोली नदिमा नदीमा करिव १५ देखि ४० फिट सम्मको गहिराईमा गएर खोजतलास गरेको र नदीको खोंचहरुमा अडकिएर रहन सक्ने सम्भावनालाई मध्य नजर गरि खोजी कार्य गरिएको डिएसपी कर्माचार्यको भनाइ छ। 

पानीको बहाव बढी भएको कारणले गर्दा पानीको गहिराईमा गएर उद्दार गर्ने कार्य निकै जोखिमपूर्ण भएतापनि सप्तकोशी, फेवातालमा खोजी कार्य गरिसकेकोले उक्त अनुभवहरुलाई प्रयोग गर्दै गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरीको टोलीले खोजी कार्यलाई निरन्तरता दिएको डिएसपी कर्माचार्यको बताए। 

जमेको पानी वा पोखरीमा गोताखोर टोली ७० फिट गहिराई सम्म जान सक्ने र एकपटक पानीमा डुवे पछि आधा घण्टा देखि ४५ मिनेट सम्म खोज्न सक्ने बताइएको छ।

कहाँ छन गोताखोर केन्द्र ?

नेपालमा गोताखोर टोली सशस्त्र प्रहरी बलसँग मात्र रहेको छ। सशस्त्र प्रहरी बलको सातै प्रदेशमा तालिम प्राप्त २८ जनाको गोताखोर टोली रहेको छ।

हाल चितवनको कुरीनटार तालिम केन्द्र, काठमाडौं र पोखरामा समेत तालिम प्राप्त गोताखोर कार्यरत रहेका छन। पानीको गहिराइमा गएर उद्दार गरिने कार्य निकै जोखिमपूर्ण मानिन्छ।

उद्दारको क्रममा गोताखोर टोलीले रवर बोट, अक्सिजन सिलिण्डर, प्रेसर गेज, डेब्थ गेज, वेट सुट, फिन्स, ग्लोव्स, सर्च लाइट, माउथ पिस आदी लगायतका आधुनिक सामाग्रीहरु प्रयोग गर्ने गरेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.