|

काठमाडौं :  धरहरा वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप धरहराको निर्माण गरेको इतिहासमा उल्लेख छ। त्यस समयमा यसको उचाई ११ तल्ला थियो। ९० सालको भूकम्पले भत्काइदिएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले नौ तल्ला कायम गरी पुनः निर्माण गरेका थिए।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अत्याधुनिक २२ तले धरहरा पुनर्निर्माण गरिरहेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माण शिलान्यास गरेका थिए। साविकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा अहिले धरहरा निर्माण भइरहेको छ।

प्राधिकरणका अनुसार धरहरा पुनर्निर्माणका लागि दिन र रात गरी दुई सिफ्टमा काम भैरहेको छ। निर्माणमा अहिले प्राविधिकसहित करिब २०० जनशक्ति खटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.