|

काठमाडौं : टेस्ला डाईगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ। सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका विविध सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकतर्फ प्रमुख कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरेका थिए। सम्झौतासँगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन भने यसबाहेक बैंकको स्वास्थ्य सचेतनामा  क्लिनिकले सहकार्य गर्ने भएको छ।

बालुवाटारमा अवस्थित क्लिनिकमा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्देश्यले स्थापित क्लिनिकले देशको ठूलो जनसंख्या समेटेको नबिल बैंकसँग सहकार्य गरेको हो।

नबिल बैंकले ११८ वटा शाखाहरु, १७६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरूसँगै अघि बढ्ने विश्वास राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.