|

काठमाडौं : ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको छ। 

संघीय सांसद पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका बीच सी सामग्री सांसद गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईंलगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.