विचार

काठमाडौंको भाइरसले कोरोनालाई सजिलै खाइदिन्छ

चैत २, २०७६

    कोरोना भाइरस चीनको वुहान शहरमा पहिलोपटक देखा पर्‍यो। यो भाइरस चमेरा या सर्पबाट सरेको हो भनेर फेसबुके पाटीमा लेखियो पनि। तर, त्यो भाइरस चीनमा फैलिन पनि पाएन। वुहानमै त्यसको दाहसंस्कार भयो। त्यसपछि त्यो देखापर्‍यो दक्षिण कोरियामा। दक्षिण कोरियासँगै त्यो जापान पनि पुग्यो।

    जापानबाट त्यो हवाई जहाजको बेगमा इरान पुग्यो। एशिया केही मुलुकमा ठूलो आतंक मच्चाएपछि त्यो भूमध्यसागर पार गरेर इटालीमा पुग्यो। त्यसपछि विश्वभरीका मानिसहरूमा खैलाबैला मच्चिन थाल्यो। अन्तत: अमेरिका पनि पुग्यो।

    एउटा प्रश्न उठ्यो – किन यो कोरोना भाइरस अमेरिकासँग मेलमिलाप राख्न नचाहने मुलुकमा मात्र उम्रिन्छ? के यो अमेरिकी उत्पादन त होइन? प्रश्न उठ्नु जायज पनि थियो। किनभने अमेरिकाका धनी मानिसहरूमा मानवीय संवेदना पटक्कै हुँदैन। त्यो भनाइ मैले एकजना विद्धानको मुखबाट सुनेको थिएँ। कुराकानीको क्रममा मैले सोधेको थिएँ, ‘अमेरिकाले किन अरू राष्ट्रमा बिनाकारण आक्रमण गर्छ? के अमेरिकी नागरिकलाई पोल्दैन? किन उनीहरू यस्ता युद्धको विरोध गर्दैनन्?’

    अहिले कोरोना भाइरसको डरलाग्दो बिगविगी दक्षिण कोरिया, इरान र इटलीमा पैmलिएको छ। यद्यपि कोरोना भाइरसबाट मर्ने संख्या एकदमै कम छ भनेर जानकारहरूबाट प्रष्ट्याइको छ। सय जनामा भाइरसको संक्रमण भयो भने मर्ने भनेको त्यस्तै तीन चार जना मात्रै हो। तर यसले अहिले यस्तो भ्रम फैलाएको छ

    उनले यसको सजिलो उत्तर दिएका थिए – अत्यधिक ठूलो अमेरिकी जनसंख्या, अमेरिका बाहिरको संसारसँग वास्ता राख्तैन। सरकारको काम भनेको अमेरिकी नागरिलाई प्रजातान्त्रिक वातावरणमा बाँच्न दिने हो। हामीलाई काम र दाम दिने हो। हाम्रो सुरक्षा गर्ने हो। बाहिर उसले जे गर्छ गरोस्। हामीलाई चाहिँ सरकारले नराम्रो गर्न पाउँदैन। ९० प्रतिशत जनतामा यस्तो सोच पाइन्छ।’ यो सन् २००० तिरको कुराकानी हो।

    दोश्रो विश्वयुद्धको समाप्तितिर अमेरिकाले हिरोशिमा र नागासाकीमा अणुबम खसालेर लाखौंको हत्या मात्र होइन, सिँगाका दुई शहरलाई मानवविहीन चिहान बनाएको थियो। बिनाकारण कोरियाई प्रायद्वीपमा हस्तक्षेप गरेर कोरियाको विभाजन गरेको थियो।

    भियतनामलाई चिरा पारेर आधा हिस्सामा औपनिवेशिक राज्य चलाएको थियो। त्यतिबेला उत्तरी भियतनामलाई समाप्त पार्न बमहरूको वर्षा नै गराएको थियो। वमले मान्छे, अन्य पशुपन्छी पनि मार्छ। तर त्यसले व्यक्तिको स्वाभिमान र आत्मसम्मानलाई मार्न सक्तैन। यो कुरा उहिलेका अमेरिकी शासकहरूको त के कुरा अहिलेका एक्काइसौं शताब्दीकाले पनि बुझेका छैनन्।

    त्यसैले मेरो मनमा पनि झस्को पसेको थियो, कतै यो भाइरस पनि विश्वलाई अमेरिकी उपहार त होइन? तर चीनले नै अमेरिकातिर औंलो नठड्याएको हुनाले मैले बढी जान्ने हुनु आवश्यक छैन भन्ने लाग्यो। म चुप लागेँ।

    एक हप्ता भएको छैन, जापानको एउटा अखबारले कोरोना भाइरस अमेरिकी प्रयोगशालामा उत्पादित उपहार हो भनेपछि मैले पनि बोल्नुपर्छ कि जस्तो लागेको थियो। चीनबाटै, जापानी अखबारसँग मिल्ने खालको बोली आएपछि मलाई केही लेख्न मन लाग्यो। किनभने कोरोना भाइरस विश्व कलंकको सबैभन्दा ठूलो परिचय हो।

    पत्याउन सकिने आधार चाहिँ छ है यो आरोपलाई। किनभने चीन अमेरिकाको मुख्य दुस्‍मन भइहाल्यो। अहिले दुई कोरियाबीचको सम्‍बन्ध मित्रताको उचाइतर्फ लागेको छ। कोरियाली एकता अमेरिकी शासकका लागि बंगारा दुखाई नै हुन्छ।

    जापान र दक्षिण कोरियामा जनस्तरमा यो अमेरिकी फौज कति पुस्ता पाल्ने भन्ने गुनासो उठन थालेको छ। (पाठकलाई थाहा छैन होला। अमेरिकी सेना जहाँ बस्छ त्यही देशले तिनको खानपान र आवासको जिम्मा लिनुपर्छ।) तिनलाई ठेगान लगाउने एजेण्डा पनि कोरोना भाइरस हुनसक्छ। इरानको कुरै नगर्दा पनि हुन्छ। इरानी जनरल सुलेमानीको अमेरिकी ड्रोनबाट हत्या भएपछि ती दुई मुलुकको अवस्था कसले पहिले मिसाइल हान्ने भन्ने ठाउँमा उभिएको छ।

    युरोपमा इटाली र फ्रान्ससँग अमेरिकाको सम्बन्ध त्यस्तो सुमधुर छैन, जस्तो बेलायतसँग छ। अनि अहिले कोरोना भाइरसको डरलाग्दो बिगविगी दक्षिण कोरिया, इरान र इटलीमा फैलिएको छ। यद्यपि कोरोना भाइरसबाट मर्ने संख्या एकदमै कम छ भनेर जानकारहरूबाट प्रष्ट्याइको छ।

    सय जनामा भाइरसको संक्रमण भयो भने मर्ने भनेको त्यस्तै तीन चार जना मात्रै हो। तर यसले अहिले यस्तो भ्रम फैलाएको छ – मानौं कोरोना भाइरसले छोयो कि मान्छेको ज्यानै गयो। विज्ञहरूका अनुसार मास्क लगाउने भनेको यसको उपचार गर्नेले मात्र हो। तर संसारभरीको बजारमा मास्कको अभाव भएको छ।

    मासुमा कुनै पनि किटाणु लामो समयसम्म बाँचिरहन्छ। मासु पाक्न पनि गाह्रो हुन्छ। अलिक दिनका लागि मासु खानेले पनि निरामिष भोजन गर्ने हो भने विमानस्थलबाट आएको कोरोना त्यहीँको टेबलमा समाप्त हुन्छ। काँकडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगञ्‍ज र गड्डाचौकीबाट आएका भाइरसलाई त्यहीको टेबलमा मार्ने उपाय अवलम्बन गर्‍यो भने कोरोना भाइरसको नेपाल आउनै सक्दैन।

    केरोना भाइरस श्‍वासप्रश्‍वासबाट सर्दैन। शरिरको सम्‍पर्कबाहेक यो सर्ने अर्को कुनै आधार छैन। त्यसैले हात नमिलाउन, अँगालो नहाल्न, हात धुन, अर्थात् शारीरिक सफाइको आवश्यकता बोध गराउने विषयहरू विज्ञहरूले बताइसकेका छन्।

    त्यसैले म त कोरोना भाइरसले नेपालमा महामारीको रुपमा आउँछ भन्ने लाग्दैन। जोगिनुस् भनेको, बाहिर कतैबाट घर फर्किएपछि जुत्ता बाहिरै खोल्नुस्, भित्र पसेर हातखुट्टा धुनुस बस सक्किहाल्यो नि !

    अझ काठमाडौंवासीले त डराउनै पर्दैन। सबैखाले भाइरसलाई फोहोर आकाश जमिन जताततै फैलिएको काठमाडौं भाइरसले मारिदिन्छ। प्राणवायु नभएको आकाशमा थुप्रिएको फोहोरले अहिलेसम्म मारेको छैन।

    उपत्यकामा बग्ने सबै खोला पहिले भन्दा अलि सफा देखिए पनि मानव मलमूत्र बोक्ने ढल कायम छ। बाटाहरू चौपायाको चर्पी भएका छन्। काठमाडौंका मानिसले टोके भने त्यो बिचरो कोरोना भाइरस आफैं मर्न बेर छैन।

    हो खतरा पनि छन्। मासुमा कुनै पनि किटाणु लामो समयसम्म बाँचिरहन्छ। मासु पाक्न पनि गाह्रो हुन्छ। अलिक दिनका लागि मासु खानेले पनि निरामिष भोजन गर्ने हो भने विमानस्थलबाट आएको कोरोना त्यहीँको टेबलमा समाप्त हुन्छ। काँकडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगञ्‍ज र गड्डाचौकीबाट आएका भाइरसलाई त्यहीको टेबलमा मार्ने उपाय अवलम्बन गर्‍यो भने कोरोना भाइरसको नेपाल आउनै सक्दैन।

    झुक्याएर यदाकदा एकाध  भाइरस छिरिहाल्यो भने शुक्रराज अस्पताल छँदैछ। अहिलेसम्म आएका भाइरस या रुघा खोकीका बिरामीलाई निको पारेर त्यसले घर फिर्ती गराएकै छ।

    यति सानो भाइरसलाई किन आतंककारी रोग बनाइयो? अब अनुसन्धान गर्नु पर्ने पक्ष यो हो। यसमा पनि म चीनको गुनासोतिरै जान्छ। वुहानमा महामारी फैलिनासाथ अमेरिकाको भूमिका अत्याउने प्रचारतिर लाग्यो। चीनले गुनासो नै गर्‍यो अमेरिकाले कोरोना भाइरसको महामारीमा चीनलाई सघाउनुको साटो आतंक फैलाउने काम गर्‍यो भनेर। तर अमेरिका र तिनका चाकरले गज्याइरहे अन्तत: चीनले नियन्त्रण गर्न लाग्दा कोरोना भने उनिहरु तिरै गयो ।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]