|

काठमाडौं : नेपाली खेलकुद क्षेत्रमा मोफसलमा आफ्नो छुट्टै पहिचान बनाएको फुटबल प्रतियोगिता हो आहा–रारा गोल्डकप।
गोल्डकपको १८ औँ संस्करण पोखरा रंगशालामा चल्दै गर्दा यो प्रतियोगिताका चिरपरिचित प्रतिद्धन्दिहरुल अझ सर्वाधिक सफल क्लबहरु नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी एक अर्का विरुद्ध आज उपाधिका लागि भिड्दै छन्।

प्रतियोगितामा दुवैको एउटै उद्द‍ेश्य भनेको यो प्रतियोगितामा सर्वाधिक सफल हुनका लागि हो। जुन टिमले जित हात पार्छ त्यो टिम सर्वाधिक धेरै ६ पटक च्याम्पियन बन्ने छ। यसको अर्थ यी दुवै टिमले ५–५ पटक उपाधि आफ्नो पक्षमा पारेका छन्। फाइनल पुग्नुबाहेक अर्को एक टिम थ्रीस्टार उसले पनि ५ पटक उपाधि जितेको छ। अर्थात नेपाली फुटबलको विरासत बोकेका यी तीन टिमले कुल १७ संस्करण मध्ये १५ पटक उपाधि आफ्नो वरिपरि राखेका छन्।

नेपाल पुलिस क्लब साविक विजेता थ्रीस्टार क्लबलाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको तथा मनाङ मर्स्याङ्दी क्लबले बलियो नेपाल आर्मी क्लबलाई ३–२ ले पराजित गरेको थियो। दुवै टिमले एतिहासिक उपलब्धि हात पार्ने दाबी गरे।

पुलिसका कप्तान भरत शाह खेलाडीको मिहिनेत, लगनशीलता र खेलमा अहिले देखिरहेको तालमेलको कारण आफ्नो टोली जित्ने दाबी गर्छन् भने मनाङका कप्तान कमल श्रेष्ठ टोलीको पछिल्लो नतिजा र प्रशिक्षकको उच्च रणनितिको आधारमा आफ्नो टोलि अगाडि रहेको बताउँछन्। मनाङका प्रशिक्षक फुजा तोपेले पुलिसको पछिल्लो खेलहरु र रणनीति लाई निस्तेज पार्नेगरी खेल्ने बताए। उनले भने, ‘पुलिस निकै राम्रो टोली हो र उच्च लयमा रहेको छ।

खेल प्रतिस्पर्धात्मक हुने पक्का छ।’ त्यस्तै नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा खेल दुबैको पक्षमा समान ५०–५० प्रतिशत हुने बताए। यद्धपि उनले मनाङविरुद्ध सम्पूर्ण शक्ति प्रयोग गर्ने बताए। उनले भने ‘मनाङ विगतमा जस्तो स्टार खेलाडीले भरिएको छैन। हामीले उनिहरुको खेल हेरर रणनीति तयार गरेर अघि बढेका छौं।’

रणनीतीमा सफल भए जित निकाल्ने छौं। साहारा क्लबले आयोजना गर्ने यस प्रतियोगिता पहिलो पटक क्याराभान गोल्डकपको नाममा आयोजना सुरु भएको थियो। पुलिस, मनाङ। थ्रीस्टारबाहेक अफ्रिकन मुलका खेलाडी सम्मिलित अफ्रिकन युनाइटेडले २०६२ र आयोजक सहाराले २०७० मा उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.