अर्थ

पेट्रोलियम पदार्थ बोकेका ६९ वटा ट्यांकर इण्डियन आइसिपीमा रोकिए

चैत १, २०७६

    पर्सा : नेपालका पेट्रोलिम पदार्थ ढुवानीकर्ताले भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आएका ६९ वटा ट्यांकर नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी)को भारतीय भूमि रोकिएका छन्।

    नेपालका पेट्रोलियम ढुवानीकर्तासँग इण्डियन आयल कर्पोरेशनका मानिसले भन्सार पास गराउँदा अनाधिकृत रकम लिन थालेपछि ती ट्यांकर आइसिपीको भारतीय भूमिमा नै रोकिएका हुन्।

    ‘इण्डियन आयल कर्पोरेशनसँग भएको सम्झौताअनुसार आइसिपीबाट उसैले नियुक्त गरेका मानिसले विनापैसा ट्यांकर पास गराउनु पर्ने सम्झौता छ' नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ पर्साका उपाध्यक्ष विनोद मानन्धरले थाहाखबरसँग भने।

    तर, अनाधिकृतरूपमा प्रतिट्यांकर १ हजार आइसी रकम लिन थालेपछि नेपाली ढुवानीकर्ताले त्यसको छिनोफानो नहुन्जेलसम्म पेट्रोलियम पदार्थ ढुवानी गरी ल्याएका गाडी छुटाउन नसकिने उनको भनाइ छ। शुक्रबार र शनिबारका सबै ट्यांकर उतै रोकिएको पेट्रोलियम ढुवानी व्यवसायीहरूले बताए।

    नेपाली पेट्रोलियम ढुवानी व्यवसायीहरूसँग के कारणले त्यो रकम लिएको हो भनी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दास, मध्यमाञ्चल पेट्रोलियम युवानी व्यवसायी संघ हेटौँडाका अध्यक्ष दीपक शिवाकोटी र नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख रामप्रसाद न्यौपानेसहितका मानिस त्यहाँ पुगी कुरा गर्दा त्यहाँ कर्पोरेशनका प्रतिनीधिहरूले उल्टै अभद्र व्यवहार गरेको पनि नेपाली व्यवसायीको आरोप छ। 

    'अब नेपाल आयल निगमले त्यो रकमबारे व्यवसायीले तिर्नु पर्ने हो/होइन निक्र्योल गरेपछि मात्र हामी गाडी ल्याउँछौँ। चाँडो गाडी पास गराइदिएपछि खुसीले मायाले चालक तथा सहचालकले सय पचास दिनु अलग कुरा हो। तर मलाई यति नै चाहिन्छ भनै मानिस लगाएर जबरजस्ती रकम लिनु उपयुक्त होइन,' एक नेपाली व्यवसायीले भने। 

    नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख न्यौपाने अहिले भारतको रक्सौलमा भएको इण्डियन आयल कर्पोरेशनमा नेपाली पेट्रोलियम व्यवसायीहरूको समस्याका सन्दर्भमा कुरा गर्न गएको कार्यालयले जनाएको छ। त्यहाँका अधिकारीको भनाइअनुसार नेपाल आयल निगमले के गर्ने भन्ने पछि बताउने क्षेत्रीय आयल निगम वीरगन्ज कार्यालयका कर्मचारीले बताएका छन्।

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]