नयाँ बसपार्कमा समेत ज्वरो परीक्षण गरिने

|
फाइल तस्बिर

काठमाडौं : देशकै ठूलो प्रसाशनिक केन्द्र सिंहदबार जाने हरेक व्यक्तिको तापक्रम परीक्षण हुने भएको छ।

देशकै मुख्य प्रशासनिक क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले हरेक व्यक्तिको तापक्रम लिने तयारी गरेको हो।त्यसको लागि सिंहदबार छिर्ने मुख्य द्वार दक्षिण, उत्तर र पूर्वी गेटमा ज्वरो परीक्षण गर्ने तयारी भएको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले दिएको निर्देशनअनुसार सिंहदरबारका मुल गेटमा ज्वरो परीक्षण गर्ने तयारी गरिएको बताए। ‘सिहंदबारमा छिर्ने हरेककोको ज्वरो तयारी गरिरहेका छौँ' उनले भने।

सकेसम्म सिंहदबार छिर्ने हरेकको ज्वरो ताप्ने कार्य आजैबाट सुरु गरिने तयारी भएको बताइएको छ। ज्वरो परीक्षणबाट भित्र छिरेका हरेक सांसद, कर्मचारी तथा अन्य सेवाग्राहीले आफू जाने सम्बन्धित मन्त्रालय सिंहदबारभित्र रहेको अन्य कार्यकलयमा जादा कार्यलयको गेटबाट स्नेटाइजर लगाएर मात्रै भित्र छिर्ने व्यवस्थासमेत गरिने तयारी भएको बताइएको छ।

महानिर्देशक श्रेष्ठले गोंगबुस्थित नयाँ बसपार्कमा आउने जाने गर्ने हरेक व्यक्तिको पनि ज्वरो परीक्षण बताए। गोंगबुको नयाँ बसपार्क मानिसको चहलपहल बढी हुने क्षेत्र हो। कोरोना भाइरस फैलिन सक्ने सम्भवनालाई ख्याल गर्दै सरकारले यहाँ प्रवेश गर्ने हरेक व्यक्तिको तापक्रम परीक्षण गर्न लागेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.