|

एजेन्सी : जारी लिगको मध्य सिजन चलिरहँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजीले) राम्रो मूल्य पाए आफ्ना ब्राजिलियन स्ट्राइकर नेइमारलाई बेच्ने जनाएको छ। 

नयाँ ट्रान्सफर विन्डोमा तोकेको मूल्यभन्दा ५१ मिलियन पाउन्ड कम पाए पनि नेयमारलाई बेच्‍न तयार रहेको बताएको विभिन‍न सञ्चारमाध्यमले जनाएका छन्। खासगरी पिएसजीले आफ्ना खेलाडी नेइमार बार्सिलोना फिर्ता हुन सक्ने बताएको छ । 

नेइमार विश्व फुटबलमा सर्वाधिक महँगो रकममा स्पेनी क्लब बार्सिलोनाबाट पिएसजी गएका थिए। पिएसजीले नेइमारलाई भित्र्याउन २ सय २२ मिलियन पाउन्ड खर्चेको थियो । 

महँगो रकममा भित्रिएका नेइमारसँग पछिल्लो दिन पिएसजी असन्तुष्ट छ। पिएसजीले नेइमारले राम्रोसँग खेल्न नसकेको, क्लबका अन्य खेलाडीसँग व्यक्तिगत सम्बन्ध राम्रो बनाउन नसकेको र धेरै समय घाइते भएको गुनासो गरेको छ।

पिएसजीका खेल निर्देशक लियोनार्दो अराउजोले भने, ‘सम्भवतः नेइमार यसै गृष्ममा ला लिगा फर्कनेछन्, उनलाई बेच्ने तयारीमा  हामी छौं।’ नेइमारको आगामी ट्रान्सफर मूल्य १ सय ३५ मिलियन पाउन्ड हुन सक्ने पनि उनले प्रस्टयाए । 

केही समययता नेइमारको बार्सिलोना फिर्तिबारे पटक पटक बहस हुँदै आए पनि त्यसले सार्थकता पाएको थिएन। बार्सिलोनाले पनि आफ्ना पूर्वस्ट्राइकरलाई महँगो रकमा भित्र्याउन चासो दिएको थिएन।

यद्यपि अहिले भने पिएसजी नेइमारलाई कम मूल्य बेच्‍न तयार भएपछि यसबारे बार्सिलोनाले सोच्‍न सक्ने बार्सिलोनाका अध्यक्ष जोसेफ मारियाले सञ्चारमाध्यममा बताएका छन्। मारियाले यसबारले क्लबका कप्तान लियोनल मेसीसँग कुरा गरिरहेको समेत खुलाएका छन्। 

पिएसजीले नेइमारलाई बेचे पनि क्लबका अर्का महत्वपूर्ण स्ट्राइकर केलियन एमबाप्पेलाई भने आफैसँग राख्‍ने बताएको छ। उनलाई आगामी दिनमा नेइमारको विकल्पका रुपमा समेत हेरिएको खेल निर्देशन लियोनार्दोले बताए।

 नेइमार सन् २०१७ मा बार्सिलोनाबाट पिएसजी पुगेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.