|

विश्वमा महामारीका रुपमा फैलिएका कोरोना भाइसको संक्रमण १६२ देशमा फैलिएको छ। 

तीव्ररुपमा फैलिएको कोरोनकाका कारण इटालीमा विगत २४ घण्टामा ३ सय ४९ जनाको ज्यान गएको छ।  कोरोनाका कारण थप ३ हजार २ सय ३३ जना थपिएका छन्। इटालीमा कोरोना सक्रमणका कारण २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ।

कोरोनाका कारण विश्वभरबाट ७ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै चीनमा भने थप १३ जनाको ज्यान गएको छ। त्यस्तै इरानमा १ सय २९ जनाको ज्यान गएसँगै मृतकको संख्या ८ सय भन्दा बढी पुगेको छ। कोरोना भाइरसका कारण स्पेनमा थप ४८ जनाको ज्यान गएको छ। स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ।

फ्रान्सिस्को गार्सियाले मालागामा आधारित क्लब एटलेटिको पोर्टडा अल्टाको कनिष्ठ टोलीको प्रबन्ध गरेका थिए। भाइरसको गम्भीर लक्षण देखिएपछि अस्पताल लगिएका उनको निधन भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

यो भाइरस संक्रमणबाट मृत्यु हुने अहिलेसम्मका उनी विश्वकै सबैभन्दा कान्छो व्यक्ति भएको विश्वास गरिएको छ। भाइरस संक्रमण रोकथामका लागि प्रयत्न गरिरहेको स्पेनले गत हप्ता आपतकालीन अवस्था घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.