पक्षमा ६० र विपक्षमा ४६ मत

|
फाइल फाेटाे

जनकपुरधाम : सत्तारुढ समाजवादी पार्टी र राजपाले संयुक्तरूपमा प्रदेश २ को नाम प्रस्ताव गरेको ‘मधेस प्रदेश’ नाम पनि अस्वीकृत भएको छ।

मधेस प्रदेशको पक्षमा ६० मत र विपक्षमा ४६ मत खसेको छ। एक मत भने बदर भएको प्रदेशसभा सचिवालयले जनाएको छ। १०७ सांसद रहेको प्रदेश २ को नाम स्वीकृत गर्न दुई तिहाई अर्थात ७२ मत आवश्यक थियो।

योसँगै अब फेरि पनि प्रदेश २ को नामविहीन रहने भएको छ। नाममा सहमति जुट्न नसक्दा मतदान प्रक्रियाबाट समेत टुंगो लाग्न सकेनन्।

यसअघि नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा, नेकपाले प्रस्ताव गरेको जानकी र केही सांसदले स्वतन्त्ररूपमा प्रस्ताव गरेको मध्य प्रदेश पनि अस्वीकृत भएको थियो।

सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी कांग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ।

अब राजधानीको विषयमा समेत आजै मतदान हुनेछ। राजधानी जनकपुरधामलाई तोक्ने सहमती बनिसकेको छ। यद्यपि मतदान प्रक्रियाबाट टुंगिने सम्भावना देखिदैन। सत्तापक्षका सांसदले नामको विषयमा सहमती नजुटेकाले राजधानीसमेत टुंगो नलाग्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.