|

काठमाडौं : मलेशिया सरकारले मलेशिया जाने सवै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ। 

मलेशियामा रहेको नेपाली राजदूतावासले मंगलबार सूचना जारी गर्दै सो जानकारी गराएको हो। मलेशियाले १८ मार्च २०२० देखी ३१ मार्च २०२० सम्मपूर्ण रोक लगाउने निर्णय गरेको हो। दूतावासको सूचना अनुसार नेपाल फिर्ता जान चाहनेको हकमा हालसम्म रोक नलगाईएको उल्लेख छ। 

दैनिक उपभोगका सामग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधि पसल, अस्पताल, यातायात, प्रहरी लगायतको महत्वपूर्ण सेवा दिने निकायहरु भने खुला रहने बताइएको खबर गोरखापत्र दैनिकमा छ।

मलेशिया सरकारले जमघट, भेला लगायत अन्य सामाजिक भेटघाट गर्ने क्रियाकलापमा रोक लगाएको छ। साथै कलेज, विद्यालय, विश्वविद्यालय लगायत शैक्षिक संस्था समेत बन्द हुने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.