इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। इटालियन क्लब युभेन्ट्सले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको पुष्टि गरेको हो।
युभेन्ट्सले फ्रान्सका विश्वकप विजेता ३२ वर्षे माटुइडी अहिले आइसोलेसनमा रहेको समेत जनाएको छ। कोरोनाको संक्रमण देखिने माटुइडी युभेन्ट्सका दोस्रो खेलाडी हुन्। यस अघि डिफेन्डए डानिली रुगानीलाई संक्रमण देखिएको थियो।
चीनबाट फैलिएको कोरोनाको संक्रमण इटालीमा महामारीको रुपमा फैलिएको छ। जसको कारण इटालीमा सम्पूर्ण खेलकुद गतिविधि अप्रिल ३ सम्म बन्द गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।