|

काठमाडौं : कोरोना रोकथामको उपायस्वरुप सरकारले कारोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशसहित विश्वका ५५ देशबाट आउने यात्रीलाई शुक्रबारदेखि नेपाल आगमनमा रोक लगाइएको छ।

यो बन्देज १७ वैशाख ०७७ सम्म लागू हुनेछ। यी मुलुकमा रहेका नेपाली पनि सो अवधिसम्म स्वदेश फर्कन पाउने छैनन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

तर, कोरोनाबाट प्रभावित चीन, भारत, थाइल्याण्ड, सिंगापुर, अस्टे«लिया र अमेरिकी मुलुकबाट भने नेपाल आउन भने बन्देज छैन।

चीन र भारतबाट उपभोग्य बस्तु पनि आयात गर्नुपर्ने हुनाले आवगमन ठप्प गर्न अव्यवहारिक हुने सरकारी स्रोतको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.