|

इटहरी : द्वन्द्वकालमा माओवादीको अस्थायी शिविर बसेको ठाउँ प्रदेश १ को पहिलो क्‍वारेन्टाइनस्थल बनेको छ। 

जंगल नजिकै रहेको मोरङको टाँडीमा सेना समायोजन हुनुअघि माओवादीको अस्थायी शिविर थियो। बसोबासस्थलबाट टाढा यस ठाउँमा नेपाली सेनाले २ सय क्षमताको क्‍वारेन्टाइनस्थल तयार पारेको छ।

केही दिनअघि प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा १ हजार क्षमताको क्‍वारेन्टाइनस्थल बनाउने घोषणा गरेको थियो।

त्यसै अनुरुप टाँडीमा नेपाली सेनाले कोरोनासँग लड्न करिब ४ बिघा क्षेत्रफलमा क्‍वारेन्टाइन बनाएको हो। आफूसँग उपलब्ध टेन्ट, बेडलगायत सामग्री प्रयोग गरेर सेनाले एकै दिनमा क्‍वारेन्टाइनस्थल तयार परेको छ। 

नेपाली सेना २ नम्बर बाहिनीपति यामप्रसाद ढकालका अनुसार टेन्टभित्र दुई-दुईवटा खाट राखिएको छ। 

मोबाइल चार्ज, बत्ती, पंखालगायत आवश्यक सामग्रीसहितको क्यापमा हाल २५ वटा शौचालय र बाथरुम निर्माण गरिएका छन्। प्रत्येकमा चारजनाको दरले शौचालय जाने र नुहाउन सकिने छ।

खानेपानीका लागि पनि प्रत्येकका लागि छुट्टाछुटै व्यवस्था छ। कोरोना संक्रमण भएको आशंका गरिएका व्यक्तिहरुलाई क्‍वारेन्टाइनस्थलसम्म ल्याउन दुईवटा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.